Wednesday, November 27, 2013

भगांकुर भनेको के हो ?

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
भगांकुरको संरचना
‘भग’ तथा ‘अंकुर’ यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ। यसका लागि नेपाली जनजिब्रोमा अन्य अनेक शब्दको प्रयोग भएको पाइन्छ।
महिलाहरूको यौनअङ्ग अलि भित्रतिर हुने भएकाले होला, कतिपय महिलाले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्रोसँग नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। प्रत्यक्ष रूपमा योनिलाई नै महिला यौनअङ्ग मानिए पनि अन्य कतिपय अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन्। त्यसमध्ये भगांकुर प्रमुख हो।
महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिए जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै अन्य अङ्ग हुन्छन्। महिलाहरूमा यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको उक्त भागलाई अंगे्रजीमा mons pubis (मोन्स प्युबिस) भनिन्छ। युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
भगक्षेत्रको दायाँ र बायाँ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्, जसलाई हामी ठूलो भगोष्ठ भन्छौं र त्यसलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाइ छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठका छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। यही भगोष्ठ जोडिएको स्थानमै भगांकुर हुन्छ। महिलालाई यौन सुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ।

0 comments: