Wednesday, November 27, 2013

सुरक्षा माग्दै श्रुतिद्वारा उजुरी

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
बलिउड अभिनेत्री श्रुति हसनले सुरक्षाको माग गर्दै मुम्बईस्थित बान्द्रा प्रहरीमा शुक्रबार निवेदन दिएकी छन् । दक्षिण भारतीय फिल्म स्टार कमल हसनकी यी छोरीले आफूलाई केही समययता एक अपरिचित व्यक्तिले पछ्याएको भन्दै उजुरी दिएकी हुन् ।
श्रुतिका अनुसार मंगलबार बिहान पनि सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्ति जबरजस्त घरिभित्र छिर्ने प्रयास गरेका थिए । उनले प्रहरीमा दिएको निवेदनमा भनेकी छन्, ‘मंगलबार बिहान करिब नौ बजेतिखर सुतिरहेको थिएँ । बाहिरबाट घन्टी बजायो । उठेर ढोका खोल्दा नचिनेको एक जबरजस्त भित्र छिर्ने प्रयास गरे । तर, मैले ठेलेर बाहिर निकाल्न सफल भएँ । त्यसपछि तुरुन्त गार्डलाई खबर गरेको थिएँ ।’ समाचार स्रोतका अुसार पछिल्लो एक वर्षयता श्रुतिलाई एक अपरिचित व्यक्ति पछ्याइरहेको छ ।
हालै रिलिज भएको फिल्म ‘रमैथ्या वस्तावैया’ को सेटमा पनि ती व्यक्तिले श्रुतिलाई पछ्याएका थिए तर त्यतिखेर फिल्मका क्रुले बाहिर निकालिदिएको थियो । यसरी बारम्बार पछ्याइररहेकाले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको उनले बताएकी छन् । ‘अहिलेसम्म प्रहरीमा उजरी दिएकी थिइनँ’ बान्द्रा प्रहरीमा निवेदन दिएपछि यी अभिनेत्रीले भनिन्, ‘तर बारम्बार दुःख दिन थालेकाले बाध्य भएर उजुरी दिएकी हुँ ।’    Read More »»
 

0 comments: