Wednesday, November 27, 2013

सेक्स गर्न बिर्सदै बेलायती नागरिक

शोधकर्ताहरुका अनुसार पैसाको चिन्ता र सामाजिक सञ्जालका कारण बेलायती नागरिकहरुले सेक्सलाई बिर्सदै गएका छन् । किनभने उनीहरुसँग त्यसका लागि समय नै छैन ।
करिब १५,००० जना बेलायती नागरिकमा गरिएको एउटा नयाँ शोधका अनुसार १६ देखि ४४ वर्ष उमेर समूहका बेलायती हरेक महिना पाँच पटकभन्दा कम शारीरिक सम्बन्ध कायम गर्छन् । जबकि गत दुई सर्वेक्षणको परिणाममा उनीहरु महिनामा ६ पटक बढी सेक्स गर्दथे । नेशनल सर्वे अफ सेक्स्युअल एटीच्युड्स एण्ड लाइफस्टाइलले सन् १९९० देखि १९९१ र सन् १०९९ देखि २००१ मा दुई वटा सर्वे गरेको थियो । अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार आधुनिक जीवन शैलीका कारण मानिसहरुको शारीरिक सम्बन्ध कायम गर्ने इच्छा कम हुँदै गएको छ।
युनिभर्सिटी कलेज अफ लण्डनका डा. कैथ मर्सरका अनुसार मानिसहरु आफ्नो कामका विषयमा बढी चिन्तित छन्। पैसाको विषयमा तनाव छ । त्यसैले उनीहरु सेक्स गर्ने मुडमै हुँदैनन् । मर्सर भन्छिन्, मानिसहरुसँग स्मार्टफोन र ट्याबलेट छ । र, उनीहरु त्यसलाई बेडरुममा पनि लैजाने गर्दछन् । ट्वीटर, फेसबुक चलाउछन् । इमेलको जवाफ दिन्छन् । मर्सरसका अनुसार सर्वेमा १६ देखि ४४ वर्ष उमेर समूहका युवावर्ग सेक्सको साटो अनलाइन पोर्न हेर्ने गर्दछन् । सर्वेक्षणका अनुसार सन् २०१० देखि २०१२ बीच पुरुषले ४.९ पटक र महिलाले ४.८ पटक मात्र सेक्स गरेका छन् ।  Read More »»
 

0 comments: