Wednesday, November 27, 2013

मेरो पनि यौन शोषण भयो

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
केही वर्षयता बलिउडका प्रायः अभिनेत्रीले आफू यौन हिंसामा परेको खुलासा गर्दै आएका छन् । यस्तै पछिल्लो समय बलिउडकी सेक्सी अभिनेत्री चित्रांगदा सिंहले पनि आफू पनि यौन शोषणको सिकार भइसकेको बताएकी छन् । एक प्रसंगमा यी अभिनेत्रीले भनिन्, ‘बलिउडमा करिअरको सुरुवाती दिनमा म पनि यौन शोषणको सिकार भएकी थिएँ ।’
हालै पतिसँग सम्बन्धविच्छेद गरेपछि चर्चा रहेकी चित्रांगदाले आफू यौन हिंसामा परेको बताएर अहिले चर्चामा छिन् । हुन त कतिपय बलिउड अभिनेत्रीले आफ्नै पतिबाट यौन हिंसा भएको भन्दै सम्बन्धविच्छेदसमेत गरिसकेका छन् र अभिनेता तथा अभिनेत्रीबीच सम्बन्ध बिग्रनुको मुख्य कारण पनि यौन नै भएको छ । यसैबेला चित्रांगदाले आफू पनि यौन हिंसापीडित भएको खुलासा गरेकी हुन् ।


0 comments: