Wednesday, November 27, 2013

भाग्यमानी माहीको कुरै अर्को

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
बलिउडका थोरै भाग्यमानी अभिनेत्रीमध्ये माही गिल पनि पर्छिन् । ‘पान सिं तोमर’ र ‘साहेब बीबी’ जस्ता फिल्ममा मुख्य भूमिकामा देखिसकेकी माहीको अहिले फिल्मी करिअर राम्रै अगाडि बढिरहेको छ । बलिउड फिल्म इन्डस्ट्रीमा हट अभिनेत्रीका रूपमा देखिएकी माहीले लगातार फिल्म र आइटम गीत पाइरहेकी छन् । माही अहिले तिग्मांसु धुलियाको अलावा अन्य केही फिल्म पनि गरिरहेकी छन् । बलिउडमा छोटो समयमै आफूलाई स्थापित अभिनेत्रीका रूपमा चिनाएकी माही भन्छिन्, ‘वास्तवमै म भाग्यमानी रहेछु । मलाई कामको खाँचो परेको छैन ।’ उनले भनेजस्तै माही अहिले मन पराइने अभिनेत्रीमा पर्छिन् ।
यसअघि तिग्मांसुकै फिल्म ‘पान सिंह तोमर’ र ‘साहेब बीवी’ तथा ‘ग्याङस्टर  रिटन्स’ जस्ता फिल्ममा मुख्य भूमिका गरेर दर्शकको मन जित्न सफल माहीले पछिल्लो समय तिग्मांसुकै ‘बुलेट राजा’ मा मुख्य भूमिकामा देखिँदै छिन् । यो फिल्ममा माहीसँगै अर्की अभिनेत्री सोनाक्षी सिन्हाको पनि मुख्य भूमिकामा छ । तिग्मांसुको माही मन पर्ने अभिनेत्री हुन् । त्यसैले पनि उनले अहिलेसम्म आफ्नो फिल्ममा छुट्याएका छैनन् । यदि ‘बुलेट राजा’ मा तिग्मांसुले माहीलाई नलिन पनि सक्थे तर सोनाक्षीसँगै माहीलाई पनि उनले मुख्य भूमिका दिए । तर, तिग्मांसु भन्छन्, ‘माहीले यस फिल्ममा एक आइटम गीत मात्र गरेकी छन् जसको शब्द ‘डोन्ट टच माइ बडी ओ मेरे सइया’ रहेको छ ।
यो गीत माहीलाई सुहाउँदो छ ।’ उनले माहीलाई काममा माहिर अभिनेत्रीका रूपमा परिभाषित गरे । ‘बुलेट राजा’ मा माहीका अलावा सैफ अली खान र जिमी शेरगिल पनि नाचेका छन् । सो आइटम गीत गाउँले नखरामा केन्द्रित गरेर तयार पारिएको बताइन्छ । उक्त आइटमबाट माही पनि आशावादी छिन् । आफ्नो मदमस्त आइटम डान्सले दर्शकको मन जित्नेछ भन्नेमा उनी विश्वस्त रहेको बताइएको छ । एजेन्सी    Read More »»
 

0 comments: