Wednesday, November 27, 2013

प्रेममा उमेर बाधक हुँदैन

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
अधिकांश विवाहित महिला आफ्ना सन्तान ठूला भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन्। यौनका लागि अब उमेर सीमा नाघिसकेको धारणा उनीहरूको हुन्छ। श्रीमान्द्वारा पहिल गरिए पनि उनीहरू या त बहाना बनाउँछन् या अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन्। यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ। यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन। दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन। शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना हुन्छ।
मनलाई सम्झाउनु आवश्यक यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ। नयाँ शोधअनुसार बढ्दो उमेरमा नियमित शारीरिक सम्बन्धले अकारण बढ्ने मोटोपनलाई रोक्छभने चिड्चिडापन, मानसिक अशान्ति एवं अनिद्रा जस्ता धेरै रोगबाट धेरै हदसम्म बचाउँछ। सेक्सका बखत निस्कने केही विशेष हार्मोनले व्यक्तिलाई मानसिक तनावबाट टाढा राख्न मद्दत गर्छ अनि बढ्दो उमेरमा केही सामान्य बिरामीसित लड्न अनि शरीरको प्रतिरोधक क्षमता बढाउन सहायक हुन्छ। सेक्सका बखत हृदयको धड्कन स्वाभाविक रुपले बढ्छ जसले गर्दा हृदयलाई स्वस्थ राख्न मद्दत प्राप्त हुन्छ। यौनलाई गैर आवश्यक कुरा मान्नु शारीरिक एवं मानसिक दुवै रुपमा नोक्सानदायक सावित हुनसक्छ। विशेष रुपमा बढदो उमेरमा शारीरिक सम्बन्ध श्रीमान्-श्रीमतीका बीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम सावित हुन्छ।
एक-अर्कालाई साथ दिनुपर्छ   Read More »»
 

0 comments: